ह्याचारिमा वाटर लस (water loss) मापन प्रक्रिया : गुणस्तरीय एवं उच्चतम चल्ला उत्पादनको आधार

  ह्याचिंग अण्डाको वाटर लस भनेको के हो ? इन्कुवेटर मेसिनमा ह्याचिंग अण्डा सेटिंग गरेदेखि १८ औँ दिनमा ह्याचर मेसिनमा ट्रान्सफर गर्ने बेला सम्म अण्डामा हुने पानि, जति प्रतिशतले घटेर जान्छ, उक्त घटेको मान लाई वाटर लस भनिन्छ । इन्कुवेटर-ह्याचर मेसिनको आद्रता ठिक भए-नभएको बारे यकिन गर्ने सरल उपाय पनि हो - वाटर लस मापन । गणितीय रुपमा; % वाटर लस = घटेको अण्डाको तौल (हराएको पानिको तौल) / सेटिंग गर्दाखेरीको अण्डाको तौल * १०० वा [...]

गुणस्तरीय चल्ला उत्पादनको लागि ह्याचारिमा अत्यावश्यक चिक यिल्ड (Chick yield) मापन

  चिक यिल्ड (Chick yield) भनेको के हो? ः  इकुवेटर मेसिनमा लोडिंग भएको बेलाको अण्डाको तौलको अनुपातमा ह्याच हुँदा आउने चल्लाको तौललाई चिक यिल्ड भनिन्छ । इन्कुवेशनका सूचांकहरु (तापक्रम, आद्रता) र इन्कुवेशन अवधि ठिक भए-नभएको यकिन गर्ने सामान्य विधि पनि हो - चिक यिल्ड मापन । चिक यिल्ड आवश्यक भन्दा कम वा बढी हुनुले के संकेत गर्दछ ? ः चिक यिल्ड कम हुनु भनेको लामो समयसम्म चल्ला मेसिन मै रहनु (यथोचित समयमा ह्याच नि [...]

कुखुरामा भ्याक्सिन प्रविधि र पानीमा भ्याक्सिन दिने तरिका

  कमर्सियल ब्रोइलर, लेयर्स कुखुरा साथै प्यारेन्ट कुखुरालाई स्थानीय स्तरमा भएको रोगको प्रकोप अनुसार स्थानीय भेटेरिनरी डाक्टर वा ह्याचरी कम्पनीले निर्देशन गरे बमोजिम बिभिन्न भ्याक्सिन दिनुपर्ने हुन्छ । कुनैपनि जीवमा (मानिसमा समेत) भ्याक्सिन दिनुको उद्देश्य भनेको रोग विरुद्द लड्ने क्षमता वृद्दि गर्ने हो । प्यारेन्ट कुखुरामा दिईने भ्याक्सिनले कुखुरा स्वयंको रोग प्रतिरोधात्मक शक्ति त सक्रिय बनाउछ नै साथ–साथै उक्त कुखुराका चल्लामा समेत [...]

कुखुरामा गाउट रोग देखिनुको कारणहरु

  मानिस र अन्य जीवजन्तु जस्तै कुखुराको शारीरिक वृद्दि विकासको लागि नभई नहुने पोषक तत्व हो – प्रोटिन । बढ्दो उमेको व्रोइलर कुखुराको दानामा १९ देखि २१ प्रतिशत र अण्डा पार्ने लेयर्स कुखुरामा १७ देखि १९ प्रतिशत सम्म प्रोटिनको आवश्यकता पर्दछ । अन्य गाई वस्तुको आहारको तुलनामा कुखुराको दाना महँगो हुनुको कारण कुखुराको दानामा बढी मात्रामा प्रोटिनजन्य कच्चा पदार्थ मिसाउनुपर्ने हुनाले हो । प्रोटिनले शरीरको मेटाबोलिजम प्रक्रियामा रासायनिक पर [...]

कुखुरामा माइकोटक्सिसिटी, कारण, असर र व्यवस्थापन

  के हो माइकोटकसिन ? पशुहरूको दाना बनाउदा प्रयोग गरिने मकै, भटमास पिना, ढुटो, सूर्यमुखी पिना जस्ता कच्चा पदार्थमा वा तयार भैसकेको दानामा लाग्ने ढुसीबाट उत्पादन हुने विषाक्त पदार्थ हो माइकोटकसिन । माइकोटकसिन विभिन्न प्रकारका हुन्छनः १) अफलाटकसिन, २) ओकराटकसिन, ३) ट्राईकोथेसेन्स, ४) फुमोनिसिन्स आदि । ढुसी कसरी लाग्छ ? दानामा ढुसी दुई तरिकाले लाग्छः १) खेतवारीमै कच्चा पदार्थ उत्पादन गर्ने विरुवामा परजीविको रुपमा लाग्छ र २) अनाज (कच्च [...]

गुणभित्र अण्डा पार्न लेयर्स तथा प्यारेन्ट पोथीलाई कसरी प्रेरित गर्ने

  खोरभित्र अण्डा पारेको स्थानको आधार लेयर्स तथा प्यारेन्ट फार्मबाट प्राप्त गरिने अण्डालाई यसरी वर्गिकरण गर्न सकिन्छ ।  एक– नेस्ट एग (Nest egg) अर्थात् गुणमा पारेको अण्डा,  दुई– फ्लोर एग (Floor egg) अर्थात् भुईमा पारेको अण्डा,  पोथी कुखुराले जतिसक्दो धेरै संख्यामा अण्डा गुणमा पार्नु नै किसानको लागि लाभदायक हुन्छ किनभने भुईमा पारिएको अण्डाको निम्न बेफाईदा हुन्छन् । अण्डा टिप्नको लागि धेरै जनशक्ति खर्चि [...]

पोल्ट्री ह्याचरीमा जैविक सुरक्षाको महत्व र अवलम्बन गर्ने कार्यविधि

पोल्ट्री ह्याचारिमा उचित जैविक सुरक्षाको उपायहरु अवलम्बन गर्नैपर्छ किनभने उच्चतम जैविक सुरक्षाको अवलम्बनले गर्दा निम्न अनुसारका जोखिमहरु लाई न्यूनीकरण गर्न सकिन्छ: - ह्याचारिमा रोगका किटाणुको संक्रमण न्यून रहन्छ । - सफा क्षेत्र (अण्डा भण्डारण कक्ष, इन्कुबेशन कक्ष आदि) र फोहर क्षेत्र (ह्याचर कक्ष, पुल-आउट कक्ष आदि) बीच लसपस भई संक्रमण फैलने सम्भावना न्यूनीकरण हुन्छ । - ह्याचरी देखि पोल्ट्री फार्ममा रोगका किटाणु फैलने सम्भावना कम हुन [...]

विश्व अण्डा दिवस : अविश्वसनीय अण्डा

  विश्व अण्डा दिवसको पृष्ठभूमीः वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलन सुरु भएको हो । पहिलो विश्व अण्डा दिवस सन् १९९६ कै अक्टुबर महिनाको दोश्रो शुक्रवार मनाइयो । अण्डाको वहुआयामिक उपयोगिता र मानव जीवनमा यसको महत्वबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गर [...]

अण्डा उत्पादक कृषकका समस्या : सन्दर्भ विश्व अण्डा दिवस

  पृष्ठभूमि: वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने गरिन्छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलनको शुभारम्भ भएको हो । मानव स्वास्थ्यमा अण्डाको उपयोगिताबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गरिएको हो । पछिल्ला केहि वर्षमा नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम आयोजना गरेर विश्व अण्डा [...]

लेईङ (अण्डा पार्ने अवस्था) चरणमा रहेको कमर्सियल लेयर्स कुखुराको दाना तथा पोषण व्यबस्थापन

  विभिन्न जात, उमेर र उत्पादन अवस्थाका लेयर्स कुखुरालाई दैनिक दाना खपतको मात्रा अनुरुप विभिन्न पोषण आवश्यकता (Nutrient requirement) सिफारिस गरिएको छ । उदाहरणको लागि, २९ देखि ४५ हप्ता उमेर समूहको Lohmann Brown-Classic लेयर्स कुखुराको लागि विभिन्न मात्रामा दैनिक दाना खपत भएको अवस्थामा निम्न अनुसार पोषण आवश्यकता तोकिएको छ । दाना खपत (ग्राम/दिन) १०० १०५ [...]

खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सरसफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याइएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने जोखिम उच्च रहन्छ ।  अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसक [...]

व्रोइलर कुखुराको पेटमा पानि जम्ने समस्या किन देखिन्छ?

एसाइटिस अथवा “वाटर बेली” व्रोइलर कुखुरामा प्राय देखिईराख्ने समस्या हो । एसाइटिस यस्तो अवस्था हो जतिबेला कुखुराको पेटमा झट्ट हेर्दा पानि जस्तै देखिने प्रोटिनले भरिपूर्ण तरल पदार्थ जम्मा भएर पेट भकुण्डो आकारको भई फुलेको हुन्छ । प्रोटिनले भरिपूर्ण तरल पदार्थ नियालेर हेर्दा फिक्का पहेलो जेलजस्तो देखिन्छ । एसाइटिसको कारणले सास फेर्न गाह्रो भई कुखुराको मृत्यु हुन्छ । सामान्यतया व्रोइलर कुखुरामा एसाइटिसको कारणले १ देखि ५ प्रतिशत सम्म मृत्युदर हुन्छ । [...]

Showing 13 to 24 of 38 (4 Pages)