पोल्ट्री उत्पादनमा खनिज पदार्थको महत्व
शरीरको हरेक भागमा खनिज तत्व रहेको हुन्छ र शारिरिक मेटाबलिजममा विभिन्न खनिजको आआफ्नै कामहरु हुन्छन् । खनिज तत्वले विशेषत हड्डी बनावट, अस्मोटिक प्रेसर सन्तुलन, विभिन्न रासायनिक प्रकृयामा आफ्नो भूमिका निर्वाह गर्दछन् । पशुपंछिको शरीरमा बिभिन्न भागमा करीब ४० वटा खनिज तत्वहरु पाईन्छन् जसमध्य १४ वटा अत्यन्त आवश्यक हुन्छन् । लिड, सेलेनियम, कपर, आर्सनिक जस्ता कतिपय खनिजहरु आवश्यक्ता भन्दा भएमा विषाक्तको रुप लिन्छन् । चुन्ढुङ्गा (Limestone), मार्बल [...]