कुखुरामा एमोनिया ग्याँसको असर तथा व्यवस्थापन विधि
सबै कुखुराको खोर भित्रको हावामा हुने ग्याँस हो एमोनिया । कुखुराको सुलीमा युरिक एसिड हुन्छ । सोत्तरमा भएको ब्याक्टेरियाको प्रभावमा सुली कुहिने क्रममा युरिक एसिड एमोनिया ग्याँसमा परिवर्तन हुन्छ । एक पटक राखिएको सोत्तर लामो समय सम्म प्रयोग गरिने खोरमा एमोनियाको मात्रा बढी हुन्छ । कुखुराको खोरभित्र हुने एमोनियाको मात्रा मुख्यतया दुईवटा कुरामा भर पर्छ १) सोत्तरको अवस्था र २) खोर भित्र हावाको वहाव (अर्थात भेन्टीलेशन) । सुलीमा हुने जलाम्शको मात्र [...]