भेडाबाख्रामा लाग्ने पि.पि.आर रोगबारे जानकारी
भेडाबाख्राको गौगोटि पनि भनेर चिनिने पि.पि.आर रोग पारामिग्जो परिवार को मोरबिलिभाइरस प्रजातिको अति सुस्म विषाणुबाट भेडा बाख्रामा लाग्ने एउटा संक्रमण रोग हो, जुन भेडाहरुको तुलनामा बाख्राहरुमा बढि देखिन्छ। खासगरि यो रोग नेपालका ताराइ लगायत पाहाडि र मध्यपहाडि जिल्लाहरुमा देखिदै आएको छ। पहिलो पटक यो २०५२ सालमा बारा र पर्सा जिल्लामा देखा परेको थियो र बिस्तारै देशका विभिन्न ठाउहरुमा महामारिको रुपमा फैलिदै गएको पाइन्छ। रोग सर्ने तरिकाः [...]