सबै घ्यारघ्यार सि.आर.डि. (C.R.D) होइनन

सबै घ्यारघ्यार सि.आर.डि. (C.R.D) होइनन कुखुरा पालन ब्यवसायमा घ्यारघ्यारको समस्या अहिले प्रमुख रोगको रुपमा देखिन्छ। कुखुराले घ्यारघ्यार गर्ने बितिकै सि आर डि (C.R.D) अर्थात क्रोनिक रेस्पीरेटरी डिजिज भनी ट्यामुलिन र ट्यामुटिन जस्ता एन्टिबायोटिक प्र्योग गर्ने प्रचलन आम नेपाली किसानगरुमा रहेको पाइन्छ। वास्तवमा भन्दा घ्यारघ्यार कुनै बिशेष रोग नभइ बिभिन्न रोगहरुको साझा लक्ष्यण हो। ब्याकटेरिया, भाईरस, ढुसी र अनुपयुक्त तापक्रर्म भेन्टिलेसनको कारण् [...]

उमेर अनुसार प्यारेन्ट (व्रिडर) फार्ममा गर्नपर्ने महत्वपूर्ण व्यवस्थापकीय कामहरु

प्यारेन्ट कुखुरा व्यवस्थापनको हकमा विश्वभर अख्तियार गरिने आम रणनीति भनेको २१ हप्ता उमेर भएपछि पहिलो प्रकाश उत्तेजना गराउने र २५ हप्ता उमेरमा ५ प्रतिशत उत्पादन प्राप्त गर्ने हो। किनभने, यसले गर्दा छिट्टै उचित आकारको अण्डा उत्पादन लिन, उचित संख्यामा चल्ला उत्पादन लिन र गुणस्तरीय चल्ला उत्पादन प्राप्त गर्न महत्वपूर्ण आधारको काम गर्दछ। तथापि, विश्वभर ठाउँ अनुसार स्थानीय वातावरण र अवस्थालाई सम्बोधन गर्न केहि विविध प्रकारका व्यवस्थापकीय रणनीति प [...]

पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका

पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका डा. विवेक बन्धु रेग्मी, पोल्ट्री कंशलटेंशी एण्ड डायग्नोष्टिक ल्याब, दाङ डा. नवराज श्रेष्ठ, केन्द्रिय भेटेरिनरी प्रयोगशाला, काठमान्डौ    रोगलाई अलि व्यापक सन्दर्भमा व्याख्या गर्दा स्वास्थ्यको दृष्टिकोणबाट सामान्य अवस्थामा नरहेको भन्ने बुझिन्छ। रोगलाई मूलत दुई किसिममा वर्गीकरण गर्न सकिन्छ। संक्रामक रोगः जस्तै जीवाणु, विषाणु, माइकोप्लाज्मा [...]

के हो त बर्ड फ्लु?

के हो त बर्ड फ्लु? बर्ड फ्लु कुखुरा, हाँस, टर्की लगायतका पन्छीहरूमा लाग्ने अति सक्रामक एवं घातक सरूवा रोग हो। यो रोग एभिएन इन्फ्लुएन्जा भाइरसले लाग्ने गर्दछ। कम घातक बर्ड फ्लुलाई Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरिन्छ भने अति घातक बर्ड फ्लुलाई Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ। HPAI मुख्य गरी H5N1 भाइरसले लगाउँछ। यो रोगको भाइरस RNA ले बनेको हुनाले यसले आफ्नो संरचना बदलिरहन्छ जसको कारणले यसको उपचार र रोकथाम चुनौत [...]

सहि र सटिक पोल्ट्री पोषणको लागी एन.आइ.आर. प्रविधि

पोल्ट्री उत्पादनको करिब ७० प्रतिशत जति पूँजी दानामा खर्च हुने हुँदा अहिलेको प्रतिष्पर्धात्मक बजारमा टिकिरहन सटिक पोषण (precision nutrition)  को महत्व बढेर गएको छ। यस परिप्रेक्ष्यमा पोषणविद (nutritionist) हरुले नियर इन्फ्रारेड (छोटकरीमा एन.आई. आर.) स्पेकट्रोस्कोपी (NIR spectroscopy) प्रविधि अंगालेर कुखुराको उमेर (अवस्था र जात विशेषको निश्चित पोषण आवश्यकता (specific nutrient requirement) लाई परिपूर्ति गरी अधिकतम प्रोटिन उत्पादन गर्न टेवा दि [...]

"प्यारेन्ट कुखुराको फ्लकमा मोल्टिंग कार्यक्रम"

सामान्यतया, अण्डा उत्पादन क्षमतामा ह्राश आइसकेको बुढी पोथी कुखुराहरुको उत्पादकत्व वृद्दि गर्न भनि मोल्टिंग गर्ने गरेको पाइन्छ । तर कहिलेकाहिँ अचानक आइपर्ने दुरघटनाजन्य परिस्थिति जस्तै: अण्डा/चल्ला को मुल्यमा व्यापक गिरावट, दानाको मुल्यमा व्यापक बढोत्तरी, ढुवानी अवरुद्ध भई दाना तथा अण्डा ओसार-पोसार गर्न नसकेको अवस्था (बन्द, हड्ताल, कर्फ्यु, भुकम्प, अन्य प्राकृतिक प्रकोप, लकडाउन आदि) मा पनि किसानवर्गले पोथीलाई मोल्टिंग गर्ने गरेको वा मोल्टिंग गर [...]

लोकल कुखुरामा देखिने रोगहरु

कुखुराका पालन वाट फाइदा लिन यिनलाई लाग्न सक्ने रोगहरुलाई वेलैमा नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । यदि रोगहरु वारे बेलामै ध्यान पुगेन भने छोटो समय मा नै बथान मासीन सक्छ । रोगको सहि पहिचान रोगको रोकथामका लागी महत्वपुर्ण कदम मानिन्छ । लोकल कुखुरापालनमा निम्नानुसारका विभिन्न रोगहरु देखिन सक्छन् । विषाणु जन्य रोगहरु : मरेक्स, इन्फेक्सियस ब्रोन्काइटिस (आइवी), रानीखेत, फल पक्स (विफर), एभियन इन्सेफालोमाइलाइटिस जीवाणुद्वारा लाग्ने रो [...]

अण्डाको बोक्राको गुणस्तरमा प्रभाव पार्ने कारक तत्वहरु

अण्डाको बोक्राको गुणस्तर कायम गर्न विभिन्न कारक तत्वहरुले प्राभाव पारेको हुन्छ । बोक्राको मोटोपना धेरै हदसम्म यो कुरामा निर्भर गर्दछ कि - अण्डा बन्ने प्रक्रियाको दौरानमा बोक्रा उत्पादन गर्ने ग्रन्थि भएको पाठेघरमा कति समय व्यतित गर्दछ र ग्रन्थिबाट क्याल्सियम प्रवाह कत्तिको हुन्छ । उक्त ठाउँमा कम समय व्यतित भएमा अण्डाको बोक्रा पातलो रहन्छ । त्यसैगरी दिनको उज्यालो समयमा जति छिटो अण्डा पारिएको हुन्छ अण्डाको बोक्राको मोटाई त्यति नै हुने गर्दछ । अण् [...]

नेपालको सन्दर्भमा अर्गानिक कुखुरापालन

अर्गानिक खाद्यपदार्थको कुनै ठोस र अकाट्य खालको परिभाषा छैन । खासगरी कृषिमा तीव्रगतिमा औद्योगीकरण हुन थालेपछि पहिलोपल्ट सन १९४० को दशकतिर परम्परागत खेती प्रणाली तथा प्राकृतिक कृषि र खाद्य पदार्थ उत्पादन प्रणालीको संरक्षणको वहस शुरु हुन थाल्यो जसलाइ अर्गानिक कृषिका शुरुवाती वहस मानिन्छ । कस्तो खाद्य पदार्थलाइ अर्गानिक मान्न भन्ने विषयमा संसारभरी विभिन्न देशहरुमा विविध मापदण्डहरु रहेका पाइन्छ । यद्यपी सामान्यतः स्रोत साधनहरुका पुन प्रयोग गर् [...]

जाडोयाममा व्यवसायिक कुखुरापालन व्यवस्थापन

पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुन्छ । त्यसैले, मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा व्यवसायीहरुको लागि चुनौतिको विषय हो। कुखुरालाई चाहिने तापक्रम त जुनसुकै मौषममा एउटै हो तर जाडोमा वातावरणिय तापक्रम घट्ने हुंदा सोही अनुसार व्यवस्थापन मिलाउनु पर्ने हुन्छ । जाडो मौषमले कुखुरा उत्पादनमा अतुलनिय प्रभाव पार्दछ । तापक्रम घट्नाले अण्डा उत्पादनमा गिरावट, पानीको उपभोगमा कमी, ह्य [...]

कुखुरालाई गर्मीको तनाव (हिट स्ट्रेस) बाट कसरी जोगाउने ?

    पृष्ठभुमिः ग्रिष्मकालमा नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मि भई अधिकतम वातावरणीय तापक्रम ४० डिग्री सेन्टीग्रेड ( कहिलेकाहीँ सो भन्दा बढी) आसपास पुग्छ । वर्षात सुरु नहुँदासम्म जमिन मुनिको पानीको सतह पनि तल पुगेको हुन्छ साथै पानीमा संक्रामक जीवाणुको मात्रा पनि बढ्छ । यस्तो अवस्थामा कुखुराको व्यबस्थापन गर्ने कुरा निकै चुनौतिपूर्ण हुन जान्छ । गर्मीयाममा कुखुराको वजन प्राप्ति, एफ.सी. आर., अण्डा उत्पादन, अण्डाको बोक्राको ग [...]

गर्मी याममा कुखुराको व्यवस्थापन

गर्मी याममा कुखुरालाई बढ्दो तापक्रम संग जोगाउनु पर्दछ । तापक्रमको प्रभाव सहन नसकेर कुखुराको शारिरिक तापक्रम अत्यन्तै बढी भई शरीरका कृयाकलापमा असर पर्दछ । यस्तो अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी) भनिन्छ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममा कुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ । कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग् [...]

Showing 1 to 12 of 38 (4 Pages)