गर्मी याममा कुखुराको व्यवस्थापन
गर्मी याममा कुखुरालाई बढ्दो तापक्रम संग जोगाउनु पर्दछ । तापक्रमको प्रभाव सहन नसकेर कुखुराको शारिरिक तापक्रम अत्यन्तै बढी भई शरीरका कृयाकलापमा असर पर्दछ । यस्तो अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी) भनिन्छ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममा कुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ । कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग् [...]