‘खोरबेटी’ लाई पत्र
आदरणीय खोरबेटी दाइ, ‘आराम छु र आराम चाहन्छु’ भनेर भन्न सक्ने अवस्था छैन अहिले । तर पनि म लगायत यस खोरभित्र बस्ने मेरा सबै साथीको कामना छ, हजुरलाई आराम होस् । हाम्रो लागि तपाईंले जुन तन, मन र धनको लगानी गर्नुभएको छ त्यसप्रति हामी निकै आभारी छौं । हाम्रो लागि तपाईंले जाडो भन्नुभएन, न त गर्मी नै । रात भन्नुभएन, न त ठण्डी नै । तपाईंको समय रातदिन हाम्रो खानपान अनि हेरचाहमै बित्छ । तपाई आफ्नोभन्दा हाम्रो बढी ख्याल गर्नुहुन [...]